गृह मन्त्रालयले गणेश नेपालीको आत्मदाह घटनाबारे छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ।
डिआइजी गोविन्द थपलियाको संयोजकत्वमा छानबिन समिति गठन गरेको गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा जानकारी दिए। सोधपुछका लागि तीन नगरप्रहरीलाई नियन्त्रणमा लिएको बताउँदै उनले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाए।
‘यसका लागि हामीले पाँच सदस्यीय एउटा छानबिन समिति गठन गरेका छौँ, डिआइजी गोविन्द थपलियाको संयोजकत्वमा । तीनजना महानगरपालिकाका प्रहरीलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ,’ उनले भने।