एनआइसी एसियाले दियो शैक्षिक सामग्री

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

एनआइसी एसिया बैंकले चारवटा विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकका अनुसार नवदुर्गा गाउँपालिका– १, असुर्पा, डडेलधुराको श्री भुवनेश्वरी मावि, मुसिकोट नगरपालिका– ५, सेरीगाउँ, रुकुम पश्चिमको श्री यमुनानन्द नमुना माविलाई सहयोग गरिएको हो । 

त्यस्तै, मंगलसेन नगरपालिका वडा नम्बर ९, ओलीगाउँ, अछामस्थित श्री मंगला नेपाल राष्ट्रिय मावि र मंगलसेन नगरपालिका–१४, कालागाउँ, अछामस्थित श्री अन्नपूर्ण माविलाई ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर सहयोग उपलब्ध गराइएको बैंकको भनाइ छ । बैंकका डडेलधुरा शाखा प्रमुख पदमराज भट्ट, रुकुम पश्चिम शाखा प्रमुख ओमकार घर्ती मगर, साँफेबगर शाखा प्रमुख सुरेन्द्रबहादुर थापाले सम्बन्धित विद्यालयका प्रतिनिधिलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । 

बैंकले भुवनेश्वरी माविमा अध्ययन गरिरहेका एक सय ५३ भन्दा धेरै विद्यार्थीलाई गुणस्तरीय शिक्षामा सहयोग होस् भन्ने हेतुले दुईवटा प्रोजेक्टर प्रदान गरेको जनाएको छ । त्यसैगरी, करिब ११ सय विद्यार्थी अध्ययनरत श्री यमुनानन्द नमुना माविलाई बैंकले प्रिन्टर उपलब्ध गराएको छ । गुणस्तरीय शिक्षा र प्रविधि पहुँचमा सहयोग पुर्याउन भन्दै बैंकले श्री मंगला नेपाल राष्ट्रिय माविलाई पनि दुई थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरिएको बैंकको भनाइ छ ।

यसका अलावा श्री अन्नपूर्ण माविलाई पनि दुई थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरिएको बताइएको छ । बैंकले उक्त विद्यालयलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीको पठनपाठनमा अझ धेरै सहजता हुनुका साथै विद्यालयमा गुणस्तरीय शिक्षासँगै प्रविधि पहुँच र प्रशासनिक काममा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

सुझावित समाचार