प्रहरीलाई सरुवाको धम्की दिने युवक पक्राउ

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

आफू गृह मन्त्रालयको मान्छे भएको बताउँदै प्रहरी अधिकारीलाई सरुवाको धम्की दिने युवक पक्राउ परेका छन्। सुर्खेत घर भई काठमाडौंको कीर्तिपुर बस्ने ३२ वर्षीय वीर नेपालीलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले माइतीघरबाट पक्राउ गरेको हो। 

उनले आफूले भनेको काम नगरे सरुवा गरिदिने भन्दै प्रहरीलाई धम्क्याएको एसपी पवन भट्टराईले बताए। अभद्र व्यवहार मुद्दामा उनीविरुद्ध कारबाही अघि बढेको प्रहरीले जनाएको छ। 

सुझावित समाचार