फेसबुक ह्याक गरी रकम ठगी गर्ने १९ वर्षीय युवक पक्राउ

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्याएर ठगी गर्ने कार्यमा संलग्न १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोबाट खटिएको विशेष टोलीले नुवाकोटको लिखु गाउँपालिका– ४ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका– १६, बालाजु बस्ने विवेक सुनारलाई पक्राउ गरेको हो।

सुनारले पीडितको फेसबुक ह्याक गरी आफन्त र साथीभाइसँग रकम माग गर्दै ठगी गरेको ब्युरोले जनाएको छ। बुधबार पक्राउ परेका युवकमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप भएको छ।

सुझावित समाचार