‘१५ सयभन्दा बढी राजनीतिक नियुक्ति खारेज’

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

रास्वपा नेतृत्वको सरकारले हालसम्म १५ सयभन्दा धेरै राजनीतिक नियुक्ति खारेज गरेको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो जानकारी दिएका हुन्।

राजनीतिक नियुक्ति खारेज गरिएसँगै योग्यता प्रणालीका आधार नियुक्ति दिन थालिएको उनले बताए। धितोपत्र बोर्ड, राष्ट्रिय योजना आयोग र विश्वविद्यालयहरूमा योग्यता प्रणालीमा नियुक्ति सम्पन्न भइसकेको र बाँकी निकायमा अन्तिम चरणमा रहेको उनको भनाइ छ।

‘१५ सयभन्दा बढी राजनीतिक नियुक्ति पदाधिकारीहरू पदमुक्त भएसँगै यसमा योग्यता प्रणालीका आधारमा शून्यबाट नियुक्ति सुरु गरिएको छ। रिक्त पदमा खुला प्रतिस्पर्धा, सार्वजिनक विज्ञापन र विज्ञ छनोट समितिमार्फत छनोट प्रक्रिया अघि बढाइएको छ,’ प्रवक्ता पोखरेलले भने।

सुझावित समाचार