बालमन्दिरको सम्पत्ति हिनामिनामा तीनजना पक्राउ

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

बालमन्दिर (नेपाल बाल संगठन)को सम्पत्ति हिनामिनासम्बन्धी ठगी मुद्दामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। बाल संगठनका तत्कालीन तीन पदाधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। 

आशा श्रेष्ठसहित तीनजनालाई पक्राउ गरी अनुसन्धान थालिएको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए। ०७७ सालमा गठन भएको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा छानबिन अघि बढेको हो। सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले डेढ महिनाअघि गरेको हो। 

यस प्रकरणमा यसअघि नै एउटा ठगी मुद्दा भने दायर भइसकेको छ। 

सुझावित समाचार