सुनसरीबाट पेस्तोल, म्यागजिन र तीन राउन्ड गोलीसहित दुईजना पक्राउ

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

सुनसरी प्रहरीले पेस्तोल, प्रयोग हुने म्यागजिन र तीन राउन्ड गोलीसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार  बिहान अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको प्रहरी टोलीले गढी गाउँपालिका–१ स्थित मधेली झन्डा चोकमा पैदल हिँडिरहेका दुईजनालाई चेकजाँचका क्रममा पेस्तोल, म्यागजिन र तीन राउन्ड गोलीसहित दुईजना पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा  मोरङ विराटनगर महानगरपालिका– १७, रानीका ५५ वर्षीय नूरमहमद र विराटनगर– ८ अशोकचोक निवासी ३२ वर्षीय इमरान खान भनिने मोहम्मद अहमद छन् । प्रहरीले अहमदको साथबाट एकथान चाइनिज पेस्तोल, त्यसमा प्रयोग हुने एक थान म्यागजिन र तीन राउन्ड गोली बरामद गरेको जनाएको छ ।  

प्रहरीकाको प्रारम्भी अनुसन्धानअनुसार  पक्राउ परेका नूरमहम्मद  जिल्ला प्रहरी कार्यालय मोरङमा २०६४ मा हातहतियार तथा खरखजाना र जबर्जजस्ती करणी उद्योग कसुरमा  १२ वर्ष कैद सजाय भुक्तान गरी छुटेका व्यक्ति हुन् । त्यस्तै,  फरार रहेका मोहम्मद अहमदविरुद्ध पनि ०७७  देखि जिल्ला प्रहरी कार्यालय मोरङमा चोरी मुद्दा चलिरहेको छ ।  

सुनसरी प्रहरीले जनाएअनुसार बरामद भएका सामग्रीसहित दुवैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीले अनुसन्धान थालेको छ ।   
 

See More On

सुझावित समाचार