नक्कली भुटानी शरणार्थी मुद्दामा अदालतले भन्यो–नेपालको अन्तर्राष्ट्रिय छविमा दाग लाग्ने अपराध

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण
नक्कली भुटानी शरणार्थी मुद्दामा अदालतले भन्यो–नेपालको अन्तर्राष्ट्रिय छविमा दाग लाग्ने अपराध

फैसला गर्ने न्यायाधीश तेजबहादुर खड्का

नक्कली भुटानी शरणार्थीसम्बन्धि मुद्दामा चारैवटा कसुर ठहर भएको छ। जिल्ला अदालतले मंगलबार फैसला सुनाउँदै राज्यविरुद्धको कसुर, संगठित अपराध, ठगी  र लिखत कीर्ते  कसुर ठहर गरेको हो। 

राज्यविरुद्धको कसुरमा १५ जना दोषी ठहर भएका छन्। टोपबहादुर रायमाझी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देष शर्मा, डा.इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पा प्रतिवादीका रुपमा ठहर भएका छन्। त्यस्तै, बालकृष्ण खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन खरेल मतियारको रुपमा दोषी ठहर भएका छन्। 

राज्यविरुद्धको कसुर गरेर नेपालको अन्तर्राष्ट्रिय छविमा दाग लाग्ने अपराध भएको जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासको फैसलामा उल्लेख छ । फैसलामा भनिएको छ,‘नक्कली भुटानी शरणार्थीको नाममा वास्तविक नेपालीलाई अमेरिका पठाउने भनी ठगी गरेको कार्यले शरणार्थी सम्बन्धमा नेपाललाई सहयोग गर्दै आएको यूएनएचसिआर, डब्लुएफपी जस्ता अन्तर्राष्ट्रिय समुदायले नेपाल राज्यलाई र विभिन्न विभिन्न देशमा बसोबास गरी आएको नेपाली नागरिक एवम् स्वतन्त्र एवम सार्वभौम नेपाल राज्य र नेपाली नागरिकको स्वाभिमानमा नै प्रत्यक्ष आँच पुग्ने गरी नेपाल राज्यको अन्तर्राष्ट्रिय छवीमा नै दाग लाग्ने कार्य गरी संगठित ठगी समेत गरेको देखिंदा प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको अभियोगदाबी बमोजिम राज्यविरुद्धको कसुर भएको तथ्य पुष्टि हुन आयो ।’ 

सुझावित समाचार