घुस रकमसहित सव डिभिजन वन प्रमुख अख्तियारको नियन्त्रणमा

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

सिरहाको बन्दीपुरस्थित सव डिभिजन वन कार्यालयका प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

महोत्तरीको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धानबाट आएको टोलीले मंगलबार दिउँसो कर्जन्हा नगरपालिका ४ भुल्केबाट उनलाई सेवाग्राहीबाट लिएको १२ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

कर्जन्हा नगरपालिका २ बन्दीपुरमा संचालित सः मिल तथा फर्निचर उद्योगले विभिन्न स्थानबाट ल्याएको काठको प्रति ट्रक चार हजार रुपैयाँको दरले यादवले लिएको १२ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

काठ ल्याउन पटक पटक घुस रकम मागेर हैरानी गरेका गुनासो गर्दै सेवाग्राही अख्तियार पुगेपछि स्टिङ् अप्रेसन गरी नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाइएको छ । आगामी साउनमा सेवा निवृक्त हुन लागेका यादव मंगलबार दिउँसो करिब ३ बजेसम्म लहानस्थित डिभिजन वनको काम भ्याएर फर्किएको बतााइएको छ। 
 

सुझावित समाचार