उच्च पदस्थ जोडिएको नक्कली भुटानी शरणार्थी मुद्दाका कसुर ठहरको फैसला भएको छ। । जिल्ला अदालत, काठमाडौंले मंगलबार यस मुद्दामा फैसला सुनाएको हो। सजाय निर्धारण भने अर्काे पेशीमा तोकिने न्यायाधीश तेजबहादुर खड्काको इजलासको आदेशमा भनिएको छ। गत २७ जेठदेखि यस मुद्दामा जिल्ला अदालतमा निरन्तर सुनुवाई हुँदै आएको थियो।
यस मुद्दामा १६ जना दोषी ठहर भएका छन् भने फरार रहेका ८ जनाको हकमा मुल्तवीा राखिएको छ। सात जनाले अभियोगबाट सफाइ पाएका छन्।
यस मुद्दामा बालकृण खाण, टोपबहादुर रायमाझी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देष शर्मा, डा.इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पा, बेचन झा, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन खरेल दोषी ठहर भएका हुन्।
यसमा रामशरण केसी, टंकबहादुर गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव थापा र आशिष बुढाथोकीबाहेक सबै दोषी ठहर भएका छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाण मतियारका रुपमा दोषी भएको अदालतको ठहर छ। यसमा मुद्दामा २९ गते सजाय निर्धारण हुने भएको छ।
१० जेठ ०८० मा जिल्ला सरकारी वकिलको कार्यालयले सुरुमा ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी आरोपमा मुद्दा दायर गरेको थियो । पछि ९ वैशाख ०८१ मा थप पाँचजनालाई प्रतिवादी बनाई अर्को मुद्दा दायर गरिएको थियो भने बेचन झा पक्राउ परेपछि २९ साउन ०८१ मा तेस्रो मुद्दा दर्ता गरिएको हो ।
यस्तो छ फैसला:
यसअघि समाचारमा केही तथ्य फरक पर्न गएकाले क्षमायाचनासहित सच्याइएको छ।