सम्पत्ति शुद्धीकरणको कसुरमा व्यापारी बलरामप्रसाद गुप्ताको ७३ लाख ३० हजार पाँच सय रुपैयाँ जफत हुने फैसला अदालतले गरेको छ। विशेष अदालतले मंगलबार फैसला सुनाउँदै स्रोत खुलाउन नसकेको भन्दै जफत हुने ठहर गरेको हो।
यसअघि उनीसँग बरामद भएको ६ केजी सुन पनि सुन चोरी निकासी पैठारीसम्बन्धी कसुरमा ठहर भई जफत हुने फैसला भइसकेको छ। नगदको पनि स्रोत खुल्न नसकेपछि जफतको फैसला भएको हो। तर, विशेष अदालतले सजाय भने सुनाएको छैन।