जबर्जस्ती करणी तथा करणी उद्योगको आरोपमा पाँच पक्राउ

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

रौतहट जिल्लाको गौर नगरपालिका– २ स्थित एक होटेलमा भएको जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार ०८३ असार २१ गते बिहान करिब १ बजे पीडितबाट प्राप्त सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा रौतहटको गौर नगरपालिका– २ निवासी २५ वर्षीय सन्तोष राउत, भारतको बिहार राज्यअन्तर्गत मुजफ्फरपुर जिल्ला कल्याणी पञ्चायत– २४ निवासी ३३ वर्षीय मो. ताजुदिन, मैरोवन पञ्चायत– २ निवासी ३७ वर्षीय जितेन्द्र कुमार, बकटपुर पञ्चायत– १ निवासी ३८ वर्षीय हसनैन आलम तथा क्रममा पञ्चायत– ४ निवासी ३४ वर्षीय आलोक कुमार रहेका छन्।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

सुझावित समाचार