नवलपरासी (पश्चिम)मा इभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका– ४, तारेभिरस्थित पूर्व–पश्चिम राजमार्गमा इभी भ्यान र ट्रक एक–आपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ००९४ नम्बरको इभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना.६ख ३४६० नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो। घाइतेमध्ये चारजनालाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही रिफर गरिएको छ भने बाँकी ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुवै सवारीसाधन घटनास्थलमै छन् र पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको छ। ट्रकचालक मकवानपुरको थाहा नगरपालिका– ११ निवासी ३५ वर्षीय बुद्धिबहादुर ठोकरलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

सुझावित समाचार