राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डका अनुसार असार १ देखि ७ गतेसम्म सञ्चालन भएको पूरक परीक्षामा एक लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ८३ हजार ५२३ जना विद्यार्थी उत्तीर्ण भएका छन्, जुन कुल सहभागीको ६४.६९ प्रतिशत हो।
जिपिएअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ जना विद्यार्थीले २.४० देखि २.८० सम्म जिपिए प्राप्त गरेका छन्। त्यसैगरी, १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, एक हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जिपिए हासिल गरेका छन्।
बोर्डका अनुसार यसपटक ०.८०–१.२० र १.२०–१.६० जिपिए प्राप्त गर्ने कुनै पनि विद्यार्थी छैनन्।