एभरेस्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो स्थानान्तरण (माइग्रेसन) गरी नेपाल क्लियरिङ हाउस (एनसिएचएलद्वारा सञ्चालित इएफटी कार्ड स्विचमार्फत कार्डको कारोबार सुरु गरेको छ । यससँगै अब भिसा कार्डको सम्पूर्ण जारी, प्राप्ति तथा तथा कारोबारको प्रोसेसिङ एवं राउटिङ एनसिएचएलको इएफटी कार्ड स्विचमार्फत हुने बैंकले जनाएको छ ।
साथै, बैंकले अब नेपालपे कार्ड पनि इस्यु तथा अक्वायर पनि गर्नेछ । जसले गर्दा बैंकको नेसनल कार्ड स्किममा सहभागिता सबल हुने बताइएको छ । बैंकका अनुसार यो सेवा सुरुसँगै देशव्यापी रूपमा एटिएम, पिओएस र मर्चेन्टका डिजिटल च्यानलमा नेसनल कार्ड स्किमको स्वीकार्यता बढाउन सहयोग पुग्नेछ ।
नेपाल–पे कार्ड र अन्तर्राष्ट्रिय डिस्कोभर कार्डबिच सहकार्य भएको हुँदा बैंकको कार्डको डोमेस्टिक तथा अन्तर्राष्ट्रिय स्वीकार्यताको क्षमता पनि थप विस्तार भएको बताइएको छ ।