मुक्तिनाथ विकास बैंकले विभिन्न प्रदेशका सरकारी विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई पोसाक, स्कुल झोला, स्टेसनरी सामग्री, एक शैक्षिक वर्षको अध्ययन खर्च, विभिन्न शैक्षिक सामग्री र उपकरण तथा खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।
बैंकका अनुसार सरकारी विद्यालयलाई प्राथमिकतामा राख्दै बैंकले मोरङको विराटनगरमा ७८ विद्यार्थीलाई शैक्षिक पोसाक, महोत्तरीको बर्दीबासमा एक सय २८ जनालाई स्टेसनरी सामग्री, अर्घाखाँचीको सन्धिखर्कमा २५ जना अपांगता भएका बालबालिकालाई स्कुल ब्याग तथा स्टेसनरी सामग्री, डडेलधुराको खिन्नेभाडीमा डेढ सय विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको छ ।
त्यसैगरी, रुपन्देहीको बुटवलमा २१ वटा स्कुल ब्याग, उदयपुरको बागचौरीमा ५० जनालाई स्कुल ब्याग, झापाको कचनकवलमा दुई सयजनालाई स्कुल ब्याग, नवलपरासीको बर्दघाटमा ८५ वटा स्कुल ब्याग तथा सर्लाहीको राजघाटमा दुई सयजना विद्यार्थीलाई स्कुल ब्याग र कञ्चनपुरको तिलकपुरमा ११० बालबालिकालाई स्कुल ब्याग तथा स्टेसनरी सामग्री प्रत्यक्ष रूपमा वितरण गरेको हो ।
साथै, वीरेन्द्रनगर– ८, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खजुरामा एक थान डिजिटल स्मार्ट बोर्ड, देवदह– १०, चरंगे, रुपन्देहीमा चार थान सिलिङ पंखा तथा बर्दीबास– ३, महोत्तरीस्थित राष्ट्रिय आधारभूत विद्यालय एवं बुटवल– ७, रुपन्देहीस्थित सिद्धेश्वरलाल कुमारी माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।