पासपोर्ट र लाइसेन्स घरघरमै

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

सरकारले पासपोर्ट (राहदानी) तथा सवारीचालक अनुमतिपत्र (लाइसेन्स)जस्ता कागजात नागरिकका घर–घरमै पुर्याइदिन थालेको छ । राहदानी विभागबाट प्राप्त दुई लाख सात हजार आठ सय ३४ थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, हुम्ला र भोजपुरबाहेकका ७५ जिल्लामा जिल्ला हुलाक कार्यालयले ६ हजार दुई सय ९३ थान राहदानी सेवाग्राहीको घरदैलोमै पुर्याइएको समेत उल्लेख छ । ‘यातायात व्यवस्था विभागबाट प्राप्त आठ लाख आठ हजार ४४ वटा लाइसेन्स सम्बन्धित जिल्लाका यातायात कार्यालयसम्म ढुवानी गरिएको छ,’ मन्त्रालयले उल्लेख गरेको छ।

सुझावित समाचार