आइसिसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ।
नेदरल्यान्ड्स र नामिबियाविरुद्धको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार एक विशेष समारोहबिच बिदाइ गरिएको हो।
नेपालले जुलाई २१ देखि सुरु हुने नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित लिग–२ शृंखलाअघि जर्सीमा तयारी क्याम्प गर्नेछ। त्यहाँ जुलाई १३ र १५ मा दुई अभ्यास एकदिवसीय खेल पनि खेल्ने क्यानले जनाएको छ।