घट्याे सुनचाँदीकाे भाउ

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

आइतबार सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको हो । 

आइतबार एक तोला सुनको मूल्य दुई लाख ९० हजार तीन सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार एक तोला सुनको मूल्य दुई लाख ९० हजार सात सय रुपैयाँ थियो । 

यस्तै , चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर चार हजार ६०५ रुपैयाँ कायम भएको छ । 

सुझावित समाचार