सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्राप्त गरेको छ । कम्पनीले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आइक्यान)द्वारा आयोजित नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट– २०२५ अवार्डअन्तर्गत लाइफ इन्स्योरेन्स क्याटागोरीमा उक्त सम्मान प्राप्त गरेको हो ।
कम्पनीका सिइओ प्रकाशविक्रम खत्रीले उक्त सम्मान ग्रहण गरेका हुन् । यो सम्मानले सूर्यज्योति लाइफले वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा सरोकारवालामुखी सूचनाको प्रभावकारी प्रस्तुतीकरणप्रति निरन्तर अवलम्बन गर्दै आएको उच्च प्रतिबद्धतालाई थप पुष्टि गरेको कम्पनीको भनाइ छ ।