ग्लोबलको ‘एआई–एमएल ह्याकाथन’

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल)सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआई–एमएल ह्याकाथन २०२६ शुक्रबारदेखि सुरु भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मीले एक विशेष समारोहबिच उक्त डिजिटल प्रतियोगिताको विधिवत् उद्घाटन गरेका हुन् । नेपालको बैंकिङ क्षेत्रमा प्रविधिको अत्याधुनिक प्रयोगलाई बढावा दिन गत वर्ष पहिलोपटक ह्याकाथन आयोजना गरेको बैंकले यस वर्ष यसको दोस्रो संस्करण सञ्चालन गरेको जनाएको छ ।

प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गरी आयोजना गरिएको यस प्रतियोगितामा खुला आवेदनमार्फत विभिन्न उत्कृष्ट टोलीहरू छनोट भएका छन् ।

दुई चरणमा सञ्चालन हुने आवासीय प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको बैंकले जनाएको छ । जसअन्तर्गत पहिलो चरणमा ३६ घण्टा लामो कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ । उक्त ह्याकाथन प्रतियोगितामा सहभागी टोलीहरूका लागि आवासीय व्यवस्था रहेको छ । साथै, सहभागी प्रतियोगीले ३६ घण्टासम्मको कोडिङ गर्नेछन् । 

See More On

सुझावित समाचार