खुला प्रतिस्पर्धाबाट सात विश्वविद्यालयमा उपकुलपति नियुक्त

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

सरकारले खुला प्रतिस्पर्धाबाट सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ।  छनोट समितिको सिफारिसबाट प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपति नियुक्त गरेका हुन्। 

त्रिभुवन विश्वविद्यालयमा भोला थापा नियुक्त भएका छन्।  पोखरा विश्वविद्यालयमा प्रा. देवेन्द्र अधिकारी, पूर्वाञ्चल विश्वविद्यालयमा प्रा. सुजनबाबु मरहठ्ठा, सुदूरपश्चिम विश्वविद्यालयमा प्रा. किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा प्रा. राजन सुवाल, राजर्षि जनक विश्वविद्यालयमा प्रा. श्यामनारायण लाभ र कृषि तथा वन विश्वविद्यालयमा प्रा. ऋषिराम कट्टेल नियुक्त भएका हुन्। 
 

सुझावित समाचार