संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगका प्रमुख आयुक्त र दुई आयुक्त नियुक्तिको सिफारिस गरेको छ।
प्रधानमन्त्री कार्यालयमा शुक्रबार बसेको बैठकले मोरङका मानबहादुर कार्कीलाई प्रमुख आयुक्त तथा काठमाडौंका डा. राजीव सुब्बा र ओखलढुंगाका गुरु वाग्लेलाई आयुक्तमा सिफारिस गरेको हो। कार्की सर्वाेच्चका रजिष्ट्रार हुन् भने डा.सुब्बा नेपाल प्रहरीका पूर्वडिआइजी हुन्। त्यस्तै, वाग्ले न्याय सेवाकै पूर्वकर्मचारी हुन्। आयोगमा प्रमुख आयुक्त र आयुक्तको पद रिक्त छ।