सल्यानमा भरुवा बन्दुकसहित एकजना पक्राउ

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

सल्यान प्रहरीले अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । बनगाड कुपिन्डे नगरपालिका– ४, देउलीका ४२ वर्षीय गोपाल परियार (नेपाली)लाई एक नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरमा अवैध रूपमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा घरमा खोजतलास गर्ने क्रममा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए ।

बन्दुकसहित नियन्त्रणमा लिइएका नेपालीलाई सल्यान जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । जिल्लाका विभिन्न स्थानमा गोप्य सूचना संकलन, नियमित निगरानीलाई निरन्तरता दिइएको प्रहरीको भनाइ छ । 
 

See More On

सुझावित समाचार