नबिलले पायो तीन अवार्ड

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीनवटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नबिल बैंकले लगातार तेस्रोपटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा वार्षिक रूपमा प्रदान गरिने निजी क्षेत्रको बैंक तर्फको गोल्ड अवार्ड प्राप्त गरेको हो ।

साथै, बिपिए पुरस्कारको इतिहासमै पहिलोपटक प्रदान गरिएको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अर्वार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ दुवैतर्फ सर्टिफिकेट अफ मेरिट पनि बैंकले पाएको छ । यस वर्ष पहिलोपटक प्रदान गरिएका यी दुई विधा तथा तेस्रोपटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) गरी एकैपटक तीनवटा अवार्डबाट नबिल बैंक सम्मानित भएको हो ।

मंगलबार आइक्यानका अध्यक्ष सिए नीलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दीपबाबु पौडेललाई उक्त अवार्ड हस्तान्तरण गरे । आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा यो अवार्ड दिएको बताइएको छ ।

अवार्ड छनोटमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दिगोपनाजस्ता मापदण्ड राखिएको थियो । नबिल बैंकलाई यी सबैमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरिएको आइक्यानले जनाएको छ । नबिलले सन् २०२३ र २०२४ को वार्षिक प्रतिवेदनका लागि पनि यो पुरस्कार पाएको थियो । 

सुझावित समाचार