खड्काले बोलाए इतर पक्षको बैठक

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

कांग्रेस नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तत्कालीन सभापति शेरबहादुर देउवानिकट नेताहरूको बैठक बोलाएका छन् । खड्कानिवास गोल्फुटारमा शुक्रबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको नेता मीन विश्वकर्माले जानकारी दिए ।

‘पार्टीमा मिल्ने गरी नै छलफल भएको थियो, त्यसअनुसार मिल्ने गरी नै पूर्णबहादुर दाइले प्रस्ताव पठाउनुभएको थियो, तर त्यसपछि सभापतिले नै बेवास्ता गरेर संवाद गर्न नचाहेपछि कतै पार्टी एकता हुँदैन कि भन्ने स्थितितिर जान खोजेको हो कि देखिन्छ,’ उनले भने, ‘सम्भवतः तिनै समसामयिक विषयमा ब्रिफिङ गर्न र पछिल्ला घटनाक्रमको अपडेट गराउन पनि उहाँले बैठक बोलाउनुभएको हुन सक्छ ।’

सुझावित समाचार