विशिष्ट संरचना सञ्चालन समितिमा धर्मराज खड्का नियुक्त

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको छ। 

खुला प्रतिस्पर्धाबाट सरकारले समितिको कार्यकारी निर्देशक चयन गरेको हो।धनकुटाको सहिदभूमि गाउँपालिका– १ स्थायी ठेगाना भएका उनी चार वर्षका लागि नियुक्त भएका हुन्। 

सुझावित समाचार