पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने
नेपाल आयल निगम लिमिटेडले पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखी १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखी १५ दिनसम्म पेट्रोल, डिजेल बितरण रोक्का गर्ने तयारी गरेको छ । पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली संशोधन गरेर यससम्बन्धि सजाय जरिवानाको व्यवस्था गरिएको हो।
पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बुधबार उच्च अदालत जनकपुरबाट पाँच वर्ष सजाय तोकिएका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी पंचलाल गोलेको कमान्डमा खटिएको टोलीले कोइरीलाई बिहीबार साँझ गौशाला नगरपालिका– ५ स्थित एमाले पार्टी कार्यालयअगाडिबाट पक्राउ गरेको हो।
मन्त्रिपरिषद्का १० निर्णयः सदाचार नीति स्वीकृतिदेखि विभिन्न निकायमा नियुक्तिसम्म
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक गरिएको छ । बैठकले तीन निकायमा नियुक्ति गर्नुका साथै सदाचार नीति पारित गरेको छ ।
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज
सर्वोच्च अदालतले पूर्वमन्त्री एवं एमाले नेता विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ। पौडेलको हकमा उनकी श्रीमती दोमाया पौडेलले दर्ता गराएको रिट न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले खारेज गरिदिएको हो।
बर्दियाका २९ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
सरकारले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका– ४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा ९लालपुर्जा० वितरण गरेको छ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्वबाट वञ्चित रहेका स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले जानकारी दिइन्।
विनाहेलमेट मोटरसाइकल चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीले तिरायो जरिवाना
विनाहेलमेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई पाँच सय रुपैयाँ जरिवाना तिराएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोली मुख्यमन्त्री निवासमै पुगेर हेलमेट नलगाई सवारी चलाएको कसुरमा जरिवानास्वरूप पाँच सय रुपैयाँको ‘चिट’ काटेको थियो ।
साल्ट ट्रेडिङका सहायक प्रबन्धक झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सहायक प्रबन्धक मनोजकुमार झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
एन्फाका पूर्वअध्यक्ष शेर्पालाई अदालतले किन थुनामा राख्ने अनुमति दिएन ?
एउटै विषयमा पटक–पटक जाहेरी परेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई थुनामा राख्न अदालतले अस्वीकार गरेको छ। विगतमा अनुसन्धान भएर थप अनुसन्धान गर्नुनपर्ने भनेर निर्णय भइसकेको र थप प्रमाणसमेत नभएको भन्दै अदालतले गत मंगलबार उनलाई रिहा गरेको हो।
आरके मेनपावरलाई तीन लाख जरिवाना
वैदेशिक रोजगार विभागले आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधानविपरीत कार्य गरेको भन्दै विभागले बिहीबार उक्त म्यानपावरलाई ३ लाख रुपैयाँ जरिवाना गर्दै सचेत गराएको हो।
सम्पत्ति शुद्धीकरण निवारण विधेयक प्रतिनिधिसभाबाट पारित
प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित गरेको छ। बिहीबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा पेस गरेका थिए। सभाले बहुमतले विधेयक पारित गरेको हो। त्यसअघि विधेयकमा दफावार छलफल भएको थियो। अर्थमन्त्री वाग्लेले सांसदहरूको प्रश्नको जवाफ दिएका थिए।