७६ वर्षीया सावित्रीको कवितासंग्रह विमोचन

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

धनकुटा नगरपालिका–४, देब्रेबास अधिकारीटोलकी ७६ वर्षीया सावित्री अधिकारीको ‘खरको कलम माटाको कापी’ नामक कविता कृति विमोचन गरिएको छ। अधिकारीको पहिलो कवितासंग्रह वरिष्ठ साहित्यकार कुन्ता शर्मा, धनकुटाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायतले विमोचन गरेका हुन्।

कृतिमा खरको कलम माटाको कापी, माइती घरको सम्झनामा, धनकुटालाई माया गर, देशको खातिर जुटौँ, स्वदेशमा नै बस, अवसर देउ छोरीलाई, कुप्रथाविरुद्ध जुटौँलगायतका ३९ वटा कविता समावेश छन्।

सल्लेरी मिडिया एन्ड रिसर्च सेन्टर धनकुटाले आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार कुन्ता शर्माले उमेरले भन्दा विचारको निखारताले साहित्यको विकास गर्न सकिने बताइन्। उनले आफू पनि ८० को दशकमा पुग्न लागेको बताउँदै आफ्नै उमेर समूहकी अधिकारीको पुस्तक बजारमा आउनु नै नेपाली साहित्यको क्षेत्रमा उदाहरणीय भएको बताइन्। 

सुझावित समाचार