केही दिनको गिरावटपछि सुन तोलामा ६,२०० रुपैयाँले बढ्यो

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

केही दिनदेखि लगातार ओरालो लागेको नेपाली बजारमा सुनचाँदीको मूल्य बिहीबार उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार दुई सय रुपैयाँले वृद्धि भई दुई लाख ८३ हजार दुई सय  रुपैयाँ कायम भएको छ। बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसअघि मंगलबार सुनको मूल्य चार हजार पाँच सय  रुपैयाँले घटेर दुई लाख ७७ हजार नाै सय रुपैयाँ पुगेको थियो भने सोमबार एक हजार चार सय  रुपैयाँले घटेर प्रतितोला दुई लाख ८२ हजार चार सय  रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला एक सय  रुपैयाँले वृद्धि भई चार हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला चार हजार २७० रुपैयाँमा झरेको थियो। मंगलबार २५ रुपैयाँले घटेर चार हजार २८५ रुपैयाँ र सोमबार १५ रुपैयाँले घटेर चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो। केही दिनको निरन्तर गिरावटपछि बिहीबार सुनचाँदीको मूल्यमा आएको यो वृद्धिलाई बजारमा महत्त्वपूर्ण सुधारका रूपमा हेरिएको छ।

See More On

सुझावित समाचार