आइसिएफसी फाइनान्सको आश्रमलाई सहयोग

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

आइसिएफसिी फाइनान्स लिमिटेडले पोखरास्थित एक आश्रमलाई सहयोग गरेको छ । फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजास्थित मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री, भ्याक्युम क्लिनर, सरसफाइका सामग्रीलगायत सहयोग गरेको हो ।

फाइनान्सका पोखरा शाखा प्रमुख राजन श्रेष्ठ, कर्जा विभाग प्रमुख लक्ष्मी पौडेल, सामान्य प्रशासन विभागकी भूमिका थापालगायतले सो सहयोग आश्रम व्यवस्थापनलाई हस्तान्तरण गरेका थिए ।

असहाय, बेसहारा, बेवारिसे तथा शारीरिक एवं मानसिक रूपमा अशक्त नागरिकहरूको उद्धार, संरक्षण, पालनपोषण तथा सम्मानजनक जीवनयापनका लागि आश्रमले काम गर्दै आएकाले सोही अभियानमा ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको पोखरा शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । आगामी दिनमा समेत यस्ता सामाजिक तथा मानवीय कार्यमा संस्थाको निरन्तर साथ, सहयोग तथा सहभागिता रहने प्रतिबद्धता श्रेष्ठले व्यक्त गरेका थिए ।

हाल मुलुकभर २१ वटा शाखामार्फत अत्याधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको श्रेष्ठले जानकारी दिए । सहयोगले आश्रममा रहेका १५२ जना बाल गोपाल तथा लक्ष्मीनारायणहरूको  स्वास्थ्य, पोषण, खानपान र सरसफाइ व्यवस्थापनमा सहयोग पुग्ने विश्वास फाइनान्सको रहेको उनले बताए ।
 

सुझावित समाचार