उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको निधनपछि उच्च अदालत पाटनका सबै इजलास स्थगित

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

उच्च अदालत पाटनले अदालतका उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आजका लागि तोकिएका सम्पूर्ण इजलासबाट हुने मुद्दाको सुनुवाइ स्थगित गरेको जनाएको छ।

पराजुलीकाे मंगलबार निधन  भएकाे हाे । यसैकारण आज सञ्चालन हुने सबै इजलासका सुनुवाइ स्थगित गरिएको अदालतले जनाएको हो।

अदालतले सम्बन्धित सबै पक्षलाई उक्त निर्णयबारे जानकारी गराउँदै दिवंगत पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। 

सुझावित समाचार