नेपाल एसबिआई बैंक लिमिटेडले ३३औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका कर्मचारीको सहभागितामा एमडिज कप फुटसल टुर्नामेन्ट–२०८२ आयोजना गरेको छ ।
बैंकद्वारा आयोजित प्रतियोगितामा बैंकका सातै प्रदेश तथा प्रधान कार्यालयका कर्मचारीको उत्साहजनक सहभागिता थियो । उक्त प्रतियोगिताले कर्मचारीबिच आपसी समन्वय, सहकार्य र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बैंकले जनाएको छ ।
प्रतियोगितामा बैंकको व्यवस्थापन टोली र महिला टोलीबिच प्रदर्शनी खेल आयोजना गरिएको थियो । यस्तै, पुरुषतर्फ प्रदेश कार्यालय र केन्द्रीय कार्यालयका टोलीहरूबिच प्रतिस्पर्धा गराइएको थियो ।
कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीणमुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, बागमती प्रदेश प्रमुख सुशीलराज श्रेष्ठलगायतको उपस्थिति थियो ।