कपिलवस्तुको महाराजगन्ज नगरपालिका– २, गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३७२१ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित उक्त बस आफैँ अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको हो ।
दुर्घटनामा परेका घाइतेहरू
दुर्घटनामा परेर बसचालक कैलालीकाे धनगढी उपमहानगरपालिका– १३, गेटा बस्ने ४२ वर्षीय हरिसिंह महरा, बैतडी सिवास गाउँपालिका– ६, खालाकाँडा बस्ने २५ वर्षीय चक्रबहादुर रोकाया, डोटीकाे दिपायल सिलगढी नगरपालिका– ५, दतेडया बस्ने ३० वर्षीय भरत मल्ल, कैलालीकाे गोदावरी नगरपालिका– १ बस्ने २८ वर्षीय विमल भट्ट, गोदावरी नगरपालिका– २ बस्ने ५५ वर्षीया सीतादेवी बादी, डडेलधुरा बस्ने २९ वर्षीय नरेन्द्र ताम्राकार, उनकी श्रीमती २५ वर्षीया आलिया ताम्राकार, दुई वर्षीय सुदर्शन ताम्राकार, बझाङकाे थलारा गाउँपालिका– ५ बस्ने २३ वर्षीय विनोद सत्कुली घाइते भएका छन् ।
यसैगरी, बैतडीकाे पुरचौडी नगरपालिका– ८, मल्लादोही बस्ने १५ वर्षीय लोचन विष्ट, उनका बुबा ४५ वर्षीय कृष्णबहादुर विष्ट, कैलालीकाे धनगढी उपमहानगरपालिका– १८, फूलबारी बस्ने ७७ वर्षीय गणपति भागरी, कैलालीकै घोडाघोडी नगरपालिका– ६ जवलपुर बस्ने २४ वर्षीय अखिलकुमार ठडिया, चितवनकाे भरतपुर महानगरपालिका– २६ बस्ने ६५ वर्षीय भद्रकृष्ण मिश्र घाइते भएका छन् ।
यसैगरी कैलालीकाे धनगढी उपमहानगरपालिका– १८ बस्ने २४ वर्षीय गोपाल पौडेल, डडेलधुरा गाउँपालिका– १ बस्ने ४० वर्षीय केशबहादुर देउवा, दार्चुलाकाे नौगाड गाउँपालिका– ४, सिवाटी बस्ने ३३ वर्षीय प्रभानन्द ठकुन्ना, कैलालीकाे धनगढी उपमहानगरपालिका– १८ बस्ने २२ वर्षीया दीपिका भण्डारी, कैलालीकाे घोडाघोडी नगरपालिका– ९ बस्ने ३६ वर्षीय प्रकाश रोकाया, बझाङकाे थलारा गाउँपालिका– ५ बस्ने २३ वर्षीय किश्वर बोहोरा तथा डडेलधुराकाे गन्यापधुरा गाउँपालिका– ३ बस्ने ४० वर्षीया पार्वती बोहोरा घाइते भएका छन् ।
घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । सबैलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ ।
बसमा चालकसहित ४६ जना सवार रहेकोमा २४ जनालाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ । दुर्घटनापछि बसलाई क्रेनको सहायताले हटाइएपछि सडक दुवैतर्फ सञ्चालनमा आएको छ । चालक प्रहरीको नियन्त्रणमा छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।