लगातार छैटौँ दिन पनि नेप्से घट्यो, कारोबार रकम साढे दुई अर्बनजिक

सोमबार, १५ असार, २०८३
डिजिटल संस्करण

लगातार छैटौँ दिन पनि नेप्से परिसूचक घटेको छ। सोमबार १६.५४ अंकले घटेर नेप्से दुई हजार ६३२.९६ विन्दुमा कायम भएको हो।

आज कारोबार रकममा समेत संकुचन देखिएको छ। अघिल्लो कारोबार दिनमा झन्डै चार अर्बको सेयर किनबेच हुँदा आज दुई अर्ब ६७ करोड १८ लाख ३२ हजारमा सीमित भएको हो। साेमबार ३५१ कम्पनीको ७६ लाख ९९ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ।

समूहगत सूचकहरूमा समेत गिरावट देखिएको छ। साेमबार नेप्सेका १३ वटै समूह ओरालो लागे। वित्त, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूह एक प्रतिशतभन्दा धेरैले घट्दा बाँकी समूहको गिरावट सो विन्दुभन्दा कम छ।

बजार घटे पनि टक्सार पिखुवा खोला, याम्बलिङ हाइड्रो र स्नो रिभर्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। धौलागिरी लघुवित्तका लगानीकर्ताले पनि ११.९८ प्रतिशत कमाउँदा स्वाभिमान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ५.८३ प्रतिशत गुमाए।
 

सुझावित समाचार