चितवनका गायक तथा संगीतकार सहन प्रधानले ‘असारे पानी साउने झरी’ बोलको गीत बजारमा ल्याएका छन्। दीपक प्रधानको शब्द तथा रामचन्द्र काफ्लेको स्वर रहेको गीतमा प्रधानले संगीत भरेका हुन्।
गीतको संगीत संयोजन विशाल गुरुङले गरेका छन्। द रेबल क्रियसनले सार्वजनिक गरेको म्युजिक भिडियोमा सन्दीप लोहनी, विना राउतलगायतका कलाकारको अभिनय रहेको छ। भिडियोको निर्देशन शुभम भुजेलले गरेका हुन्।