सिन्धु विकास बैंक लिमिटेडले सिन्धुपाल्चोकको श्री इन्द्रेश्वरी माध्यमिक विद्यालयलाई टिभी हस्तान्तरण गरेको छ । बैंकले सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सो सहयोग गरेको जनाइएको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रदान गरिएको उक्त टिभीले विद्यालयमा प्रविधिमैत्री शिक्षण–सिकाइ वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
एक कार्यक्रमबिच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रमोद न्यौपानेले विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठलाई टिभी हस्तान्तरण गरे । कार्यक्रममा मेलम्ची शाखाका शाखा प्रबन्धक सीताराम दुलालको समेत उपस्थिति थियो । न्यौपानेले गुणस्तरीय शिक्षा प्रवद्र्धनमा बैंक सदैव प्रतिबद्ध रहेको उल्लेख गरे ।