स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति तथा विसंगति अन्त्य गर्दै संस्थागत सुधार र सुशासनलाई बलियो बनाउने बताएकी छिन्।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथिको सामान्य छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले विधेयकले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहितका पदाधिकारी नियुक्ति प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउने उल्लेख गरिन्।

उनले प्रस्तावित संशोधनले स्वास्थ्य संस्थाहरूको कार्यसम्पादन प्रभावकारी बनाउँदै सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने विश्वास व्यक्त गरिन्। छलफलपछि उक्त विधेयक प्रतिनिधिसभाको बहुमतबाट स्वीकृत भएको छ।

विधेयकमाथिको छलफलमा सांसद अभिषेकप्रताप शाह, पारसमणि गेलाल, विश्वराज पोखरेल, आरेन राई, समीक्षा बाँस्कोटा, अशोककुमार चौधरी तथा साजिदा खातुन सिद्धिकीले भाग लिँदै स्वास्थ्य क्षेत्रलाई थप जनमुखी, पारदर्शी र उत्तरदायी बनाउन विधेयक महत्वपूर्ण हुने धारणा राखेका थिए।

सुझावित समाचार