कालो सिसा प्रयोग गर्नेविरुद्ध ट्राफिक प्रहरीले थाल्यो कारबाही

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण

ट्राफिक प्रहरीले नियमविपरीत कालो सिसा प्रयोग गर्ने सवारीसाधनविरुद्ध कडा कारबाही सुरु गरेको छ। आपराधिक गतिविधि नियन्त्रण तथा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कालो सिसा प्रयोग गर्ने गाडीविरुद्ध कारबाही थालेको ट्राफिक प्रहरीले जनाएकाे छ।

कालो सीसा प्रयोग गरेर हतियार, लागुऔषध, सुन तथा अवैध मुद्राको ओसारपसार गर्ने तथा फरार अपराधीहरू लुकिछिपी हिँड्ने गरेको पाइएपछि प्रहरीले कडाइ गरेको हो। विभिन्न हिंसाजन्य घटनाहरू तथा दुर्व्यवहारका घटनाहरू बढ्न थालेपछि ३७ वटा सवारीसाधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सवारीधनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रंग, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न नपाइने  व्यवस्था गरिएको छ।

सुझावित समाचार