राप्रपामा युवाको ऊर्जा र अग्रजको अनुभवको संयोजन छ : राजेन्द्र लिङ्देन

शनिबार, १३ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उमेर मात्र नेतृत्व वा क्षमताको मापन नहुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा उनले युवा हुनु मात्रै सबैथोक नभएको र अनुभवको पनि उत्तिकै महत्व रहने उल्लेख गरे।

उनले ३५–३६ वर्ष पुगेकै आधारमा सबै व्यक्ति बालेन शाह नहुने जिकिर गर्दै उमेरभन्दा क्षमता र नेतृत्व गुण महत्वपूर्ण हुने बताए। साथै, उच्च उमेरका सबै व्यक्ति पनि समान रूपमा सफल नेतृत्व दिन नसक्ने उल्लेख गरे। उमेरभन्दा व्यक्तिको क्षमता, अनुभव र नेतृत्व शैलीले नै सफलता निर्धारण  गर्ने उनले बताए । 

अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा २५ वर्षदेखि ८५ वर्षसम्मका सदस्यहरू पार्टी कमिटीमा सक्रिय रहेको उल्लेख गर्दै युवाको ऊर्जा र अग्रजको अनुभवको उत्कृष्ट संयोजन रहेको दाबी गरे। उनले सबैलाई समेटेर पार्टीलाई अघि बढाउने जिम्मेवारी नेतृत्वको भएको भन्दै कुनै पनि अफवाह वा अपुष्ट कुराका आधारमा धारणा नबनाउन आग्रह गरे। हुँदै नभएका विषयलाई लिएर व्यक्ति विशेष वा पार्टीलाई विवादमा तान्ने प्रवृत्तिले कसैलाई पनि लाभ नपुर्याउने उनको भनाइ थियो।

लिङ्देनले आवश्यकताअनुसार कहिले युवालाई प्राथमिकता दिने र कहिले अग्रजको अनुभवलाई केन्द्रमा राखेर निर्णय गर्ने नीति राप्रपाले अवलम्बन गर्दै आएको बताए।

सुझावित समाचार