नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको नवौँ संस्करण सुरु भएको छ। बिहीबार साँझबाट वासिङ्टन डिसी मेरिल्यान्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली चलचित्र ‘सेप अफ मोमो’ (छोराजस्तै) प्रदर्शनसँगै महोत्सवको उद्घाटन गरिएको हो।

महोत्सवमा अभिनेत्री गौमाया गुरुङ सहभागी भएकी छिन्। उनको मुख्य भूमिका रहेको ‘सेप अफ मोमो’ (छोराजस्तै) प्रदर्शन भइसकेको छ। महोत्सव मेरिल्यान्ड राज्यको सिल्भर स्प्रिङस्थित एएफआई सिल्भर थिएटरमा जुन २८ सम्म सञ्चालन हुनेछ।

चलचित्रमार्फत विविध संस्कृति, सिर्जनशीलता र मानव अनुभवलाई जोड्ने साझा उत्सवका रूपमा महोत्सवलाई लिइएको छ।

महोत्सवको समापन चलचित्रका रूपमा नानी सारा वाकर निर्देशित चलचित्र ‘शक्ति’ प्रदर्शन गरिनेछ। महोत्सवमा ११ देशका ३८ वटा फिचर चलचित्र तथा छोटा चलचित्रहरू प्रदर्शन हुनेछन्।

प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ। त्यस्तै, महोत्सवको दौरान फिल्मकर्मीहरूसँग अन्तरक्रिया, राउन्डटेबल छलफल, चलचित्र निर्माणसम्बन्धी मास्टरक्लास तथा विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिनेछन्।

सुझावित समाचार