रास्वपाको पदाधिकारी छान्न मतदान सुरु

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन सुरु भएको छ। चितवनमा भइरहेको महाधिवेशनमा सभापतिबाहेक अन्य पदका लागि आज मतदान भइरहेको हो।

पार्टीको सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। यस्तै, उपसभापति (पुरुष) पदमा डा. स्वर्णिम वाग्ले पनि निर्विरोध चयन भएका छन्।

उपसभापति (महिला) पदका लागि भने सोविता गौतम र तोसिमा कार्कीबिच प्रतिस्पर्धा हुँदै छ। महामन्त्री पदका लागि विपिन आचार्य, मनीष झा, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन्।

सहमहामन्त्री (पुरुष) पदका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तबिच प्रतिस्पर्धा भइरहेको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि जारी मतदानपछि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ।

See More On

सुझावित समाचार