राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्कीबिच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार बिहान सार्वजनिक गरिएको उम्मेदवारको प्रारम्भिक सूचीअनुसार दुवैले उपसभापति पदमा आफ्नो उम्मेदवारी यथावत् राखेका छन्।
यसअघि सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा सोविता गौतमले दुई हजार ६४१ मत प्राप्त गरेकी थिइन् भने तोसिमा कार्कीले दुई हजार ३०२ मत ल्याएकी थिइन्।
उपसभापति पदमा हुने प्रतिस्पर्धालाई रास्वपाको नयाँ नेतृत्व चयन प्रक्रियाको महत्त्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ।