संखुवासभाको चैनपुरमा जुवातास खेल्ने ६ जना पक्राउ परेका छन्। बिहीबार चैनपुर नगरपालिका– ३, पोखरी बजारस्थित कर्णबहादुर तामाङको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।
उनका अनुसार स्थानीय ४५ वर्षीय कर्णबहादुर तामाङ, ४० वर्षीय नवीनकुमार लिम्बू, २८ वर्षीय मानबहादुर लिम्बू, ४३ वर्षीय दुर्गाबहादुर लिम्बू, ४३ वर्षीय टेकबहादुर राई र ४३ वर्षीय पूर्णबहादुए लिम्बू रहेका रहेका छन् ।
उनीहरूको साथबाट तास चार बुक, कौडा, मोबाइल ६ थान र २१ हजार २८५ रुपैयाँ नगदसहित ६ जना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाबाट अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।