नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो : मन्त्री पोखरेल

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

शिक्षामन्त्री सस्मित पोखरेलले  राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाबारे उठेका विभिन्न प्रश्न र टिप्पणीहरूबिच सम्बन्धित निकायले नतिजा प्रकाशन प्रक्रिया पारदर्शी, व्यवस्थित र समयमै सम्पन्न गरिएको स्पष्ट  पारेका छन् । 

सामाजिक सञ्जालमार्फत उनले  नतिजा प्रकाशन प्रक्रियाप्रति आफूहरू स्पष्ट र विश्वस्त रहेको उल्लेख गर्दै नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरिएको बताए । आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याएर निर्धारित समयमा नै नतिजा सार्वजनिक गरिएको उनकाे दाबी छ । 

उनले नतिजासम्बन्धी विषयमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्दै आन्दोलन गरिरहेका विद्यार्थी तथा समूहहरूप्रति सम्मान व्यक्त गरेका छन्। लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्नेमा जोड उनले जाेड दिए। 

विद्यार्थीहरूप्रति सामाजिक सञ्जालमा भएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति पनि ध्यानाकर्षण भएको भन्दै उनले  शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका व्यक्ति वा समूहप्रति दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा आग्रह गरे । 

सम्बन्धित निकायले असहमति र फरक विचारलाई सभ्य तथा मर्यादित ढंगले अभिव्यक्त गर्नुपर्नेमा जोड दिँदै सामाजिक उनले सदभाव कायम राख्न र  जिम्मेवार बन्न  सबै पक्षलाई अनुरोध गरे। 

सुझावित समाचार