राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङले आफ्नो मतदान अधिकार प्रयोग गरेका छन्।
महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियामा सहभागी हुँदै गुरुङले आफ्नोतर्फबाट मतदान गरेका हुन्। रास्वपाले नयाँ नेतृत्व चयनका लागि विद्युतीय माध्यमबाट मतदान गरिरहेको छ।