रास्वपाको मतदान सुरु हुँदै, बिहीबार बिहान १० बजेसम्म चल्ने

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अन्ततः मतदान प्रक्रिया सुरु हुन लागेको छ। बुधबार बेलुका साढे १० बजेबाट मतदान सुरु गर्ने निर्वाचन समितिले निर्णय गरेको छ। मतदानको सम्पूर्ण तयारी पूरा भएको समितिले जनाएको छ। 

समितिको ९९ पदमा ३८२ जनाको उम्मेदवारी परेको छ। केन्द्रीय सदस्य पदका लागि बिहीबार १० बजेसम्म निर्वाचन हुने भएको छ। मतदान सकिएको दुई घन्टापछि मतपरिणाम सार्वजनिक हुनेछ। मतदान विद्युतीय प्रणालीबाट गर्न लागिएको छ। 

सुझावित समाचार