सन् २०२४ : विकिलिक्सका संस्थापक जुलियन असान्जले अमेरिकासँग एक सम्झौता गरेसँगै ब्रिटिस जेलबाट रिहा भए ।
सन् १७९३ : फ्रान्सको नेसनल कन्भेन्सनले देशको पहिलो गणतान्त्रिक संविधान अंगीकार गर्यो ।
सन् १८१२ : नेपोलियन बोनापार्टले पाँच लाख सेनाको नेतृत्व गर्दै रुसविरुद्ध सैन्य अभियान सुरु गरे, जसको असफलताले उनको शासन नै छाटिन पुगेको थियो ।
सन् १९०१ : पाब्लो पिकासोले आफ्नो जीवनको पहिलो प्रदर्शनी सुरु गरे । पिकासो पछि गएर महान् चित्रकारमध्ये एक बने ।
सन् १९४८ : सोभियत संघले पश्चिम जर्मनीमा मुद्रा सुधारको प्रतिक्रियामा सोभियत संघले बर्लिन सहरमाथि नाकाबन्दी सुरु गर्यो । पश्चिमी सहयोगीहरूले अवरुद्ध क्षेत्रमा आपूर्ति ढुवानी गर्न बर्लिनमा हवाई सेवा सुरु गरे ।
सन् १९६० : मे महिनामा कंगोमा भएको आमनिर्वाचनमा बहुमत हासिल गरेका प्याट्रिस लुलुम्बाले यो दिन देशको पहिलो प्रधानमन्त्रीको रुपमा सपथ लिए ।
सन् २००२ : अफ्रिकाको तान्जानियानजिकै मसगालीमा ठुलो रेल दुर्घटनामा २८१ जनाको मृत्यु भयो ।
सन् २०१६ : आफूले समर्थन गरेको युरोपेली आयोगमा रहनुपर्ने पक्षले हारेपछि ब्रिटिस प्रधानमन्त्री डेभिड क्यामरुनले पदबाट राजीनामा दिए ।
सन् २०१८ : साउदी अरबले महिलाहरूले सवारीसाधन चलाउन लगाएको प्रतिबन्ध औपचारिक रूपमा हटायो ।
सन् २०२३ : यभगेनी प्रिगोझिन नेतृत्वमा वाग्नर समूहले मध्यरातदेखि रुसी सेनाविरुद्ध विद्रोह सुरु गर्यो ।