विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरणको छापा

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

एमाले उपाध्यक्ष विष्णु पौडेलको लगानी रहेको भनिएको बुटवलको एक कृषि फार्ममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार छापा हानेको छ। एक स्थानीय व्यवसायीको नाममा ३५ बिघा जग्गा खरिद गरेर उनले लुकाएको सूचनाका आधारमा विभागले छापा हानेर केही विवरण संकलन गरेको छ । 

बिचौलिया समूहलाई नीतिगत रूपमा सघाएर आर्थिक लाभ लिई त्याे सम्पत्ति शुद्धीकरण गरेको देखिएपछि विभागले पौडेललाई सोमबार नियन्त्रणमा लिइसकेको छ। भैँसेपाटीस्थित उनको घरमा समेत सोमबार छापा हानेर उनको ल्यापटप, पेनड्राइभ तथा चेकबुक बरामद गरिएको विभाग स्रोत बताउँछ। बिचौलिया दीपक भट्टलगायत व्यापारीलाई सघाएर पौडेलले करोडौँको लाभ लिएको अभियोगमा छानबिन अघि बढेको हो। विशेष अदालतले पनि उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ। 

सुझावित समाचार