गृहमन्त्री गुरुङलाई माछाको काँडा भएको अम्लेट खुवाउने भरतपुरको होटेललाई तीन लाख जरिवाना

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

चितवनको लर्डस् बिजनेस कम्प्लेक्स होटेललाई प्रशासनले तीन लाख रुपैयाँ जरिवाना तिराएको छ। सो होटेलले गृहमन्त्री सुधन गुरुङलाई मंगलबार बिहान माछाको काँडा भएको अम्लेट खुवाएको थियो। 

अनुगमनको क्रममा गम्भीर लापरबाही गरेको खुलेपछि जरिवाना तिराइएको जिल्ला प्रशासन कार्यालय, चितवनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

होटेलले गुणस्तरहीन तेलको प्रयोग गरेको तथा तरकारीको ताजापनमा ध्यान नदिएकाले जरिवाना गरिएको जिल्ला प्रशासनका कार्यालयका सहायक प्रजिअ चिरञ्जीवी शर्माले जानकारी दिए। 

माछा तारेको तेलमा अम्लेट पकाउँदा माछाको काँडा भेटिएको थियो। घटना योजनाबद्ध भएको हुन सक्ने आशंकामा प्रहरीले दुई भान्छेसँग सोधपुछसमेत गरेको थियो। तर, प्रारम्भिक छानबिनमा लापरबाही देखिएको प्रशासनले जनाएको छ। 

सुझावित समाचार